सर्वदलिय योजना अनुगमन समितिले ताप्लेजुङ्ग जिल्लाको निर्वाचन क्षेत्र नं. १ का १४ गा.वि.स.हरुको विभिन्न २५ वटा योजनाहरु अनुगमन गर्न आ.ले.प. अधिकारी श्री भूपाल कुमार सेन्दाङ्गको संयोजकत्वमा ६ सदस्य टोली र निर्वाचन क्षेत्र नं. २ का १८ वटा गा.वि.स.हरुको विभिन्न ३१ वटा योजनाहरु अनुगमन गर्न वातावरण, उर्जा तथा जलवायु परिवर्तन अधिकृत श्री निर्मल श्रेष्ठको संयोजकत्वमा ६ सदस्य टोली मिति २०७३ साल असार ७ गते देखि योजना स्थलमा खटिएका छन् ।