
सन् २०१७ सम्ममा खुल्ला दिसा मुक्त राष्ट घाेषणा गर्ने लक्ष्य अनुरूप जिल्ला स्तरीय खानेपानी, सरसफार्इ तथा स्वच्छवता समन्वय समितिकाे अायाेजनामा ताप्लेजुङ जिल्लालार्इ ३६ अाैं खुल्ला दिसा मुक्त जिल्ला मिति २०७३ साल जेष्ठ ३१ गते साेमबारका दिन माननीय खानेपानी तथा सरसफार्इ मन्त्री श्री प्रेम बहादुर सिंहज्यूकाे प्रमूख अातिथ्यतामा जिल्लाका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, कर्मचारी, संघ संस्थाका प्रमूख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी, वुद्विजीवि, समाजसेवी सञ्चार कर्मी लगायत विशाल जनसमुदायकाे उपस्थितिमा बाजागाजा, झाकी सहित ताप्लेजुङ नगर परिक्रमा गरी सभामा परिणत भर्इ खुल्ला दिसा मुक्त घाेषणा सम्पन्न भएकाे थियाे । घाेषणा समाराेहका अध्यक्षता जिल्ला स्तरीय खानेपानी, सरसफार्इ तथा स्वच्छवता समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी श्री केशव भट्टरार्इले गर्नु भएकाे थियाे ।