
जिल्ला विकास समितिकाे कार्यालय, ताप्लेजुङद्वारा नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकाे वाल मैत्री स्थानीय शासन रणनीति तथा कार्यविधि, २०६८ अनुसार जिल्लालार्इ वाल मैत्री जिल्ला वनाउने उद्देश्यले मिति २०७३ जेष्ठ १३ र १४ गते दुर्इ दिने वाल भेलाकाे अायाेजना गरियाे । जिल्ला वाल मैत्री स्थानीय शासन समितिकाे संयाेजक तथा स्थानीय विकास अधिकारी श्री केशव भट्टरार्इकाे अध्यक्षता र माननीय जिल्ला न्यायाधिश श्री अशाेक कुमार बस्नेतकाे प्रमुख अातिथ्यतामा सम्पन्न दुर्इ दिने वाल भेलामा राजनीतिक दल, १ नगरपालिका र ४८ वटै गा.वि.स. स्तरीय वाल सञ्जालका प्रतिनिधि, जिल्ला स्तरीय सरकारी तथा गैह्र सरकारी संघ संस्थाकाे प्रमूख तथा प्रतिनिधि, गा.वि.स. सचिव, शिक्षक, विद्यार्थी, समाज सेवी, सञ्चार कर्मी लगायत उल्लेख्य मात्रामा ताप्लेजुङ वासीकाे उपस्थित रहेकाे थियाे । भेलाले जिल्ला वाल अाचार संहिता, प्रतिवद्वता पत्र, २०७३ घाेषणा गर्दै साव्लाखु गा.वि.स. स्तरीय वाल सञ्जालका प्रतिनिधि श्री अनिता पन्दाककाे अध्यक्षतामा जिल्ला वाल सञ्जाल गठन गरेकाे छ ।