
मिति २०७३ साल असार ९ गते जिल्ला विकास समिति, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत सामाजिक परिचालनमा कार्यरत स्थानीय सरोकारवाला निकायहरुको उपस्थितिमा जि.वि.स.को सभाहलमा स्थानीय विकास अधिकारी श्री केशव भट्टराईको अध्यक्षतामा सामाजिक परिचालन समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला भित्र सामाजिक परिचालनमा कार्यरत निकायहरुसँग समन्वय र सहकार्य गदै प्रभावकारी रुपमा सामाजिक परिचालन कार्यक्रमलाई अगाडी बढाउदै लाने निर्णय गरियो ।