ताप्लेजुङ्ग जिल्लाको संक्षिप्त परिचय
ताप्लेजुङकाे नामाकरण प्राचिन कालमा “ताप्ले” नाम गरेको राजाकाे जोङ (किल्ला) यस स्थानमा रहेकाे हुनाले ताप्लेजुङ रहन गएको हाे । यो जिल्लाको कुल क्षेत्रफल ३६४६ वर्ग किलोमिटर छ। उत्तरी अक्षांस २७० १५” र २७० ५७” र पूर्वी देशान्तर ८७० २७” र ८८० १२” बिच समुन्द्री सतह ७७७ मिटर देखि ८५८६ मिटर कञ्चनजंगा हिमाल सम्मको उचाइमा यो जिल्ला अवस्थित रहेको छ । औषत तापक्रम ११.३० सेल्सियस (न्यूनतम ० डीग्रि सेल्सियस (पुस), अधिकतम ३० डिग्री सेल्सियस (जेष्ठ), वर्षा औषत १४४० मिलिममिटर रहेको छ। यो जिल्लालाई २ निर्वाचन क्षेत्र, ११ ईलाका, ४८ गा.वि.स. १ नगरपालिकामा विभाजन गरिएको छ भने ताप्लेजुङ नगरपालिका स्थित फुङ्लिङ बजार यो जिल्लाको सदरमुकाम हो । यो जिल्लाको उत्तरमा चीनको तिब्बत, पुर्वमा भारतको सिक्किम, पश्चिममा संखुबासभा, दक्षिणमा तेह्रथुम र पाँचथर जिल्ला पर्दछ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कंचनजंघा (८५८६ मिटर) र अन्य ७००० मिटर भन्दा अग्ला १० वटा भन्दा बढी हिमालहरु रहेको जिल्ला, नेपालको सबैभन्दा धेरै हिमताल लगभग ३००, नेपालमा सर्वप्रथम सुर्यदय हुने, जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक, ऐतिहासिक, जलस्रोतको धनी, बहुजाति, बहुभाषीक, बहुसांस्कृतिक आदिको संगम स्थलको रुपमा ताप्लेजुङ जिल्लालाई लिन सकिन्छ।
थप पढ्नुहोस्